राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने
काठमाडाैं | माघ २२, २०७९
काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्।
नेपाली कांग्रेसले राष्ट्रियसभामा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
योसँगै राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध चयन हुने पक्का भएको छ।
उपाध्यक्षको मनोनय आज हुँदैछ। राष्ट्रियसभामा हाल ५८ सांसद छन्। जसमा एमालेबाट १८ र माओवादीबाट १६ सांसद छन्।
नेपाली कांग्रेसका ११, नेकपा एकीकृत समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका १ र जनमोर्चाको १ सिट गरी २० सिट रहेको छ। अध्यक्षले मतदान नगर्ने भएकाले बहुमतका लागि २९ सांसद आवश्यक हुन्छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

